वीरगंज नाका लकडाउन भएपछी गँयास र तरकारीको कालोबजारी शुरु

अनलाईन न्युजपाटी ,वीरगंज समाचारदाता चैत्र ११ गते।

कृष्णा यादब,

विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ कोरोनाभाइरसबाट जोगिन सोमबार बसेको मन्त्रिपरिषदको बैठकले चीन र भारतसँग जोडिएको नाकाहरु एकसाताको लागि लकडाउन बन्द गर्ने निर्णय गरेको थियो । पर्सा जिल्लामा रहेको मुलुककै प्रमुख आर्थिक राजधानीको रुपमा रहेको वीरगन्ज नाका दिउँसोदेखि पूर्णरुपमा बन्द गरिएको छ । नेपालमा रहेका नेपाली नागरिकलाई भारततर्फ जान नदिएको छ भने छिमेकी मुलुक भारतबाट भारतिय नागरिकलाई नेपालमा आउँन नदिएको हो । वीरगंज भन्सार नजिकै रहेको मितरी पुलमा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरि नेपाल बाट भारततर्फ र भारत बाट नेपालतर्फ आउने दुबै देशको नागरिकहरुलाई र्फकाई सिमा नाका लकडाउन गरि पुर्ण रुपले थप्प पारेका छन् । नेपाल भारत तर्फ आवत जावत गर्नेको सङ्ख्या छैन तर अहिले नेपाल प्रवेशमा पूर्णरुपमा रोक लगाईको छ । अति आवश्यक काम परेका व्यक्तिलाई समेत प्रवेशमा स्थानिय प्रशासनले रोक लगाएको छ । शंकराचार्य गेट अगाडी मितेर पुल वारी खटेका सुरक्षाकर्मीहरुले मानिसहरुको आवतजावतमा कडाई गरिएपनि मालबाहक सवारी साधनमा भने कुनै रोकावट गरिएको छैन । जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी एवं सहायक प्रजिअ ललित बस्नेतले भने, दुवै देशका व्यक्तिलाई आवतजावतमा रोक लगाईएपनि मालबाहयक सवारी साधनलाई भने कुनै रोकावट गरिएको छैन । अति आवश्यक खाद्यपदार्थ लोड गरिएको सवारी साधन, पेट्रोलिय पदार्थ, तरकारी बोकेको गाडी वा अन्य मालबाहक सवारी साधनमा कुनै प्रकारको रोक नलगाएको उनले बताए । यसअघि पर्सा ग्रामीण भेगमा भएको सिमानाका अलौ, अमरपट्टी, प्रसौनि, भिखमपुर , भिस्वा लगाएतका जिल्लाका छोटी भंसारका नाकाहरु पूर्णरुपमा लकडाउन गरि पुर्ण रुपले थप गरिएको छ। छिमेकी राष्ट्र भारतमा पनि भारत सरकारले समेत लाँक डाउँन गरेका कारण सिमावर्ती शहर रक्सौल प्रभावित भएको छ । त्यहाँका प्रशासनले समेत सुरक्षा व्यवस्थामा कडाई गरेको छ । सिमामा आउँने जानेलाई कडाईका साथ चेकजाँच गरिरहेको छ । अति आवश्यक बाहेक सम्पूर्ण सेवाहरु बन्द गरेको छ । लाँक डाउँनको क्रममा निजी प्रतिष्ठान, निजि कार्यालय, सरकारी कार्यालय, सार्वजनिक सवारीसाधनलाई पूर्ण रुपमा बन्द गरिएको छ भने, अति आवश्यक मानिने निजि क्षेत्रमा कार्यरत चिकित्सा सेवा, दुरसञ्चार सेवा, बैकिङ्ग कारोबार, खाद्यान्न, तरकारी, औषधी पसल, पेट्रोलिय पदार्थ, ग्यास लगायत वस्तुको विक्री वितरणमा रोक लगाइएको छैन । विशवभरि महामारीको रुपमा फैलिरहेको नोबेल कोरोना भाईरसको रुकथाम को लागि वीरगंज महानगरपालिकाका नगर प्रमुख विजय कुjमार सरावगी र प्रमुख जिल्ला अधिकारी ले बिज्ञेप्ती जारी गरि वीरगंज बन्द भएपनि अहिले तरकारी र गयास देखि नुन सम्मको व्यापक रुपमा कालोबजारी भईरहेको समाचार प्राप्त भएको छ। वीरगंज महानगरपालिका भित्र रहेको मनोज गयास, बारा गयास, नारायणी गयास, सुपर गयास लगाएतका डिलरहरुले गयास भएपनि गयास लुकाएर बढी पैसा दिने ग्राहकलाई मात्र दिने गरेको वीरगंज बासी बिरेन्द्र यादबले बताए । तरकारी बजारमा तरकारी पसलैहरुले सिमा नाका लकडाउन भएपछि आज वीरगंजमा आलु प्रति केजि ४० रुपैया रहेको ८० रुपैया र पियाज ५० प्रति केजि र १५० रुपैया अन्य हरियो सब्जिको भाऊ मूल्य भन्दा दोब्बर रुपैया गरि बिच्दै गरेको छ । भोलि देखि पर्सा जिल्लामा कालोबजारी गर्नै पसलहरुलाई अनुगमन गरि त्यसतो मुल्यको बुद्धि गरेको पसलैहरु भेटेमा तुरुन्तै कार्यबाही गर्ने सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले बताउनु भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shared
Shared