२१ दिनका लागि सम्पूर्ण भारत लकडाउन: नरेन्द्र मोदी

अनलाईन न्युजपाटी,एजेन्सी ,समाचारदादाता,चैत १२ गते।

प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी २१ दिनका लागि सम्पूर्ण भारत लकडाउन गरेको घोषणा गरेका छन् ।देशबासिका नाममा मंगलबार साँझ सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले सम्पूर्ण भारतीयहरुको जीवन बचाउनका लागि तीन साता लामो बन्दको घोषणा गरेको बताएका हुन् । स्वास्थ्य विज्ञहरुको सुझाबका आधारमा भारतले यो कठोर कदम चाल्नु परेको मोदीले उल्लेख गरेका छन् ।
  मोदीले भनेका छन्, ‘म, तपाईँ, तपाईँको परिवार र भारतलाई बचाउनका लागि यो निर्णय गरेको सुनाउँदैछु । मैले केही दिन तपाईँहरुसँग मागेको थिएँ, अब तीन साता घरमै बस्नुस् ।’भारतका हरेक जनजीवन बचाउनु केन्द्र सरकार, राज्य सरकार र स्थानीय निकायको प्राथमिक दायित्व रहेको उनले घोषणा गरेका छन् । उनले २१ दिने लक डाउनलाई कफ्र्युका रुपमा बुझ्न समेत आग्रह गरेका छन् ।  उनले यो धैर्य र अनुशासनको घडी भएको पनि उल्लेख गरेका छन् । चीन, अमेरिका, फ्रान्स, जर्मनी, इटली, स्पेन, इरानजस्ता देशको हालत काबु भन्दा बाहिर गएको र अमेरिका, इटलीको स्वास्थ्य अवस्था विश्वका अत्यन्तै राम्रो मानिएकोमा पनि कोरोना नियन्त्रणमा नआएको उल्लेख गर्दै यस अवस्थामा आशाको किरण नभएको, उपाय र विकल्प नभएको मोदीले भनेका छन् । उनले आशाको किरण भनेको कोरोनालाई नियन्त्रित गर्नु नै रहेको र त्यो भनेको नागरिक घरबाट बाहिर निस्कन नहुने उनले उल्लेख गरेका छन् । भारतले कोरोना विरुद्ध अहिलेसम्मकै कडा कदम उठाएको छ । मोदीले आवश्यक सामग्रीको आपूर्ति निरन्तर रहने पनि उल्लेख गरेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shared
Shared