अनलाईन न्युजपाटी,वीरगंज समाचारदाता ,चैत्र २७ गते।
कृष्णा यादव,
पकहामैनपुर गाउपालिकामा आज राहत सामाग्री वितरण बारे सर्वदलीय बैठक सम्पन्न भएको छ। कोरोना (Covid-19) भाइरसको कारण बिश्वभर फैलिएको महामारीका कारण आम जनजिवन कष्टकर बन्दै गएको छ। यसरी फैलिरहेको महामारिमा सरकारले लागाएको लकडाउनको पालन गर्न जनताले भुलेको छैन।
तर सरकारले लगाएको नियमको प्रभाव भने दैनिक कार्यगरी जिवनयापन गरिरहेकामा धेरै देखिएको छ। उक्त परिवार मध्य कतिका त चुल्लो समेत बल्न सकेको छैन। यस महामारीको समयमा कसैले यस्तो दु:ख झेल्न नपरोस र राहत सामाग्री चाडै सम्बधित परिवार सम्म पुगोस भनी गाउँपालिकामा सर्वदलीय बैठक बसिएको थियो।
बैठकमा सम्बन्धित परिवारमा राहत सामाग्रीहरुमा चामल १० किलो, आलु २ किलो, प्याज १ किलो, मसुरदाल ५०० ग्राम, सोयाबिन ५०० ग्राम, नुन १ किलो तेल ५०० ग्राम, र चना ५०० ग्राम दिने निर्णय भएको छ। गाउँपालिका अध्यक्ष बिजय कुमार चौरसियाको अध्यक्षतामा बसेको बैठकमा प्रमुख प्रशाशकिय अध्यक्ष महेश प्रसाद सिंह, उपाध्यक्ष कुशुमी देवि, नेपाली काङ्ग्रेसका बिध्याकांत पाण्डे,सामाजवादी पार्टिका शिवपुजन चौरसिया, नेकपा तथा प्रदेश नं २ सदस्य तेज प्रकाश निषाद र राजपाका गोविन्द प्रसाद यादव लगाएत गाउँपालिकाका सम्पुर्ण वडा अध्यक्षहरुका उपस्थिती रहेको थियो। उक्त बैठकमा उपस्तिथ सम्पुर्णलाइ मास्क, साबुन र सेनेटाइजर समेत प्रदान गरिएको थियो।