अनलाईन न्युजपाटी,बिरगंज,समाचारदाता,चैत २९ गते।
विश्वब्यापि रुपले फैलिरहेको नोबेल कोरोना भाईरसको मध्य नजर गरि सरकारले लागू गरेको लकडाउने ज्यालादारी गरि खानेहरु को लागि खाने समानहरुको अभावले चुल्हो नजल्ने घर परिवारहरुको लागि वार्ड बाट राहत बितरण आज सम्म नभएपछी सर्बदलिय समितिले बिरगंज महानगरपालिका वार्ड न १७ अलौ का आमोद यादव को अध्यक्षतामा बनेको सर्बद्लिय र सर्बपक्षीय समितिले सबैभन्दा नमूना काम गरेको छ। अलौका वार्ड समिती महानगरले बजेट पठाएपनि अहिलेसम्म मुख ताकेर बसिरहेको बेला र वार्ड समितिको अनैतिक क्रियाकलापले वार्ड समितिलाई नै बहिष्कार गरि जि.स.स का. सदस्य अमोद यादवको अध्यक्षता मा बनेको सर्बदलिय र सर्बपक्षीय समितिले आज विभिन्न दाताहरु बाट खाद्यान्न सहयोगमा लिएर अलौका एकदम गरिब निमुखा दैनिक आफ्नो हात मुख जोडन समेत अप्ठ्यारो रहेको करिब १०० परिवारलाई आज १५किलो चामल, आधा किलो दाल ,आधा लिटर तेल ,२५०ग्राम सोयाबिन र एक प्याकेट नुन सहित पोका बनाएर वितरण गरिएको छ भने उक्त समितिले यस्तो पाँच सय पयाकेट तयार गरेको छ।
यसरी बनाएको पयाकेटलाई वितरण गर्ने तरिका पनि अहिलेसम्म विभिन्न वार्ड हरुले वितरण गरेको भन्दा सबैभन्दा बैज्ञानिक रहेको छ। यो समितिले पहिलाको साबिक अलौ को वार्ड १देखी ९ सम्म को साबिक वार्डहरुमा सर्बदलिय उप समितिहरु बनाएको छ भने उक्त समितिले सिफारिस गरेको गरिब निमुखाहरुलाई राहत दिने निति बनाएको छ भने यो राहत वितरण निरन्तर चलिरहने छ। यसरी जि.स.स सदस्य अमोद यादवको अध्यक्षतामा बनेको उक्त समितिमा ने.क.पा बाट ईकाइ अध्यक्ष गङ्गाधर महतो, ने.का. ओम कृष्ण लामिछाने, उपसभापति संजु छतकुली ,रा.ज.पा बाट शंकर साह कानु, रा.प्र.पा बाट सुमेश्वर नाथ उपाध्याय ,युनिभर्सल युनाइटेड कल्बका अध्यक्ष राजेश पटेल र कल्ब का साथिहरु छ्न भने सहयोगीहरुमा सन्जु छत्कुली ,किशुन देव यादव , छोटेलाल साह, हरिनारायण यादव अजय साह, जादो लाल सहनी ,राज्बन्शी साह कानु तथा पत्रकार आसिक अन्सारी रहेका छन।
यसरी बिपन्न गरिब निमुखाहरुको चुलो कहिले पनि बन्द नहोस् भनेर खाद्यान्नहरु दिएर सहयोग गर्ने सहयोगी हातहारु लाई सर्बदलिय तथा सर्बपक्षीय समितिले मुरिमुरि धन्यवाद बयक्त गरेको छ।