अनलाईन न्युजपाटी काठमाडौँ ,समाचारदाता ,चैत्र २९ गते।
चैत १७ गते ब्रिफिङको क्रममा हृदयघातका कारण मृत्यु भएका नेपाली सेनाका प्रमुख सेनानी(लेफ्टिनेन्ट कर्नेल) रिदेश विष्टको शव लिन श्री एयरलायन्सको जहाज सुडान उडेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार उक्त कम्पनीको जहाज नेपाल आर्मीले कार्गो फ्लाइटका लागि चार्टर्ड गरेको हो ।
जहाज शनिबार राति सुडान पुगी आइतबार काठमाडौं फिर्ता हुने भएको छ । संयुक्त राष्ट्रसंघको शान्ति मिसनकै समन्वयमा जहाज सुडान गएको बताइएको छ । श्री एयरलाइन्सले यसअघि पनि शान्ति मिसनमा उडान गरिरहेको थियो । ९ महिनाअघि सुडान मिसन मुख्यालयमा विष्ट स्टाफ अफिसरका रूपमा खटिएका थिए।