अमेरिकामा कोरोना भाइरसबाट एकैदिन २,००० भन्दा बढीको मृत्यु

अनलाईन न्युजपाटी एजेन्सी समाचारदाता ,चैत्र २९ गते।

अमेरिका एकैदिन कोरोनाभाइरस सङ्क्रमणले २,००० जनाभन्दा बढीको मृत्यु हुने पहिलो देश बनेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार गएको २४ घण्टामा २,१०८ जनाको मृत्यु भएको छ भने सङ्क्रमितको सङ्ख्या पाँच लाख नाघेको छ। अमेरिकाले छिट्टै कोरोनाभाइरस सङ्क्रमणको कारण सबैभन्दा बढी नागरिक गुमाउने सूचीमा इटलीलाई जित्ने देखिएको छ।

 ह्वाइट हाउसस्थित कोभिड-१९ कार्यदलका विज्ञहरूले भने अमेरिकामा सङ्क्रमण दर स्थिर हुन थालेको बताएका छन्। डा. डेबोरा बिर्क्स का त्यो राम्रो सङ्केत भएपनि प्रकोप अझै शिखरमा पुगिनसकेको बताइन्। राष्ट्रपति डोनल्ड ट्रम्पले सुरुमा आकलन गरिएको १००,००० भन्दा कम मानिसको मृत्यु हुने बताएका छन्।

अमेरिकामा अहिलेसम्म कोरोनाभाइरसको सङ्क्रमणले १८,६९३ जनाको मृत्यु भएको र ५००,३९९ जनामा सङ्क्रमण पुष्टि भएको छ। तीमध्ये आधाजसो मृत्यु न्यूयोर्कमा भएको छ। इटलीमा अहिलेसम्म १८,८४९ जनाको मृत्यु भएको र संसारभर कोरोनाभाइरसले १००,००० भन्दा बढी मृत्यु भएको छ।

बिज्ञहरुको अनुसार अमेरिकामा शुक्रवार सबैभन्दा धेरैजनाको मृत्यु हुने र त्यसपछि बिस्तारै कम हुँदै जाने बताएका थिए। मे १ सम्मको प्रतिदिन मृत्यु हुनेको सङ्ख्या ९७० जना हुने उनीहरूको अनुमान छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *