कपिलवस्तुमा बाघको आक्रमणबाट दूई जना घाइते

अनलाईन न्युजपाटी,प्रिन्स मिश्रा, कपिलवस्तु, समाचारदाता चैत्र २९

कपिलवस्तुको विजयनगरमा बाघको आक्रमणबाट दूई जना घाइते भएका छन् । बिजयनगर गाउँपालिकाको वडा नं. १ नेवलागंज बस्ने ५५ वर्ष बर्मान रोका र ५० वर्षका दिलेराम थारुलाई बाघले आक्रमण गरेको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक मधु नेपालले जानकारी दिनुभयो । जंगलमा बाख्रा हेर्न गएको अवस्थामा बाघले आक्रमण गरेको नेपालले बताउनुभयो । दूबै जनाको अवस्था गम्भीर भएकोले उपचारका लागि बुटवल पठाइएको नेपालले बताउनु भयो l

Leave a Reply

Your email address will not be published. Required fields are marked *