अनलाईन न्युजपाटी,प्रिन्स मिश्रा, कपिलवस्तु, समाचारदाता चैत्र २९
समाजिक संजालमा सम्प्रदायिक सद्भाव खलबलिने खालका विषयबस्तुहरु माथि निगरानि गर्न नागरिकहरुले ध्यानाकर्षण गराएका छन । विश्व कोरोना संक्रमणबाट लडिरहेका बेला केही व्यक्तिहरुले समाजिक संजालहरुमा धर्म र जाति लक्षित अभद्र भाषा प्रयोग गरि समाजिक सदभाव खलबलिने हुदां समयमै सचेत गराई निगरानीका लागि कृष्णनगरका समाजिक अगुवाहरु इलाका प्रहरी कार्यालय कृष्णनगर पुगेका थिए ।
प्रहरी निरिक्षक प्रताप पौडेललाई भेटेर समाजिक संजालहरुमा हिन्दु अथवा मुस्लिम धर्मलाई लक्षित गरि अभद्र भाषा प्रयोग गर्ने जो -कोहीलाई पनि साइबर कानुन लगायत अन्य प्रकारका अवास्यक कार्यवाही गर्न अनुरोध गरिएको मुस्लिम अगुवा तथा मदरसा बोर्डका प्रदेश उपाध्यक्ष मौलाना महसुद नेपालीले बताउनुभयो । त्यसैगरि जाति विशेषलाई पनि गाली गर्ने केही अ-समाजिक तत्वहरुलाई कार्यवाही नगरे समप्रदायिक सदभवमा असर पर्ने लायन्स क्लब अफ कृष्णनगरका एडवाजर दिनेशचन्द्र गुप्ताले जानकारी गराएका थिए । यस कोरोना संक्रमणको समयमा केही व्यक्तिहरुले धर्म व जाति विशेषलाई गाली गर्ने अथवा आरोप प्रत्यारोप लगाउने गरेका छन ।
यस्ता विषयबस्तुहरु माथि निगरानि गर्न नागरिकहरुले इलाका प्रहरी कार्यालय कृष्णनगरलाई ध्यानाकर्षण गराएका छन ।