यथा सिघ्र पत्रकार यादबलाई रिहा गर्न महासंघको माग

अनलाईन न्युजपाटी  कृष्णा यादव, बीरगन्ज समाचारदाता बैशाख २८ गते

वीरगन्जको सामुदायिक रेडियो नारायणी एफएममा कार्यरत पत्रकार तिवारी यादवलाई प्रहरीले पक्राउ गरेको छ । वीरगन्जको लिंकरोडस्थित एफएम स्टेशनकै प्रवेशद्वारबाट आइतबार दिउसो २ बजे पत्रकार यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

एफएम स्टेशनको प्रवेशद्वार छेउकै सडकपेटीमा पत्रकार यादवले मोटरसाइकल पार्किङ गरिराखेका थिए । दुईवटा प्रहरी भ्यानमा आएका प्रहरीले सडक पेटीमा मोटरसाइकल राखेकै निहुँमा यादवलाई लछारपछार गर्दै प्रहरी भ्यानमा हालेर लगेको प्रत्यक्षदर्शी एफएमका प्राविधिक प्रमुख दिपेन्द्र साहले जानकारी दिनु भयो  ।

प्रहरी भ्यानमा हालेपछि प्रहरीले यादवको मोबाइल पनि खोसेर राखेको साहले बताए । एफएम स्टेशनकै गेटबाट पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा लगिएका पत्रकार यादवलाई प्रहरीकै भ्यानभित्र राखिएको छ  ।

पत्रकार यादवलाई प्रहरीले पक्रेर लगेको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेका संचारकर्मीलाई समेत यादवसँग भेट गर्न दिइएको छैन ।  पत्रकार यादवको रिहाइृको माग् गर्दै पर्सेली संचारकर्मीहरु अहिले जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *