महोत्तरीमा एक जनाको शव फेला, हत्या गरेर फालेको आसंका

अनलाईन न्युजपाटी,महोत्तरी,समाचारदाता,बैशाख २९ गते।

महोत्तरीको गौशाला नगरपालिका–४ बिर्ताका ४६ वर्षीय दिलीप ठाकुर आइतबार साँझ मृत फेला परेका छन् । ४५ वर्षीय ठाकुरको टाउकोमा गम्भीर चोट लागेको देखिएको छ । टाउकोमा चिर्पट प्रहार गरेको हुनसक्ने  प्रहरीको भनाइ छ ।

आइतबार बिहान आफन्तको घर गएका ठाकुरको शव सोही दिन साँझ फेला परेको प्रदेश प्रहरी कार्यालय, जनकपुरका प्रवक्ता एसपी जयराज सापकोटाले जानकारी दिए ।

मृतकको शवलाई पोष्टमार्टमका लागि जलेश्वर अस्पताल लगिएको र घट्नाबारे अनुसन्धान थालिएको सापकोटाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *