कोरोना सङ्क्रमितहरू बढ्दै जान थालेपछि कपिलवस्तु जिल्ला आज साँझ ५ बजेदेखि सिल

अनलाईन न्युजपाटी प्रिन्स मिश्र,कपिलवस्तु,समाचारदाता, बैशाख २९ गते

कोरोना सङ्क्रमितहरू बढ्दै जान थालेपछि कपिलवस्तु जिल्लालाई सिल गर्ने निर्णय भएको छ । जिल्लाको सुरक्षा समितिको बैठकले कपिलवस्तुलाई सिल गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज सोमबार साँझ ५ बजेदेखि लागू हुने गरी जिल्लालाई सिल गर्ने निर्णय भएको हो । । उहाँले भन्नुभयो, जोखिम बढेपछि सिल गर्ने निर्णय भएको हो । जिल्ला प्रशासन कार्यलयका तर्फबाट प्रजिअ पौडेलले जारी गरेको सूचनाअनुसार यो निर्णय आज २९ गते साँझ ५ बजेदेखि जेष्ठ ५ गते राती १२ बजेसम्म लागू हुनेछ ।

कपिलवस्तुमा सोमबार थप दश जना सङ्क्रमित भेटिएका थिए । योसँगै अहिलेसम्म कपिलवस्तुमा सङ्क्रमतिको संख्या १५ पुगेको छ । सङ्क्रमित सबैलाई थप उपचारका लागि बुटवलस्थित कोरोना विशेष अस्पतालमा ल्याईएको छ । आज सङ्क्रमित भेटिएकाहरू १२ दिनअघि भारतको महाराष्ट्रका विभिन्न स्थानबाट नेपाल भित्रिएका थिए । भित्रिए लगत्तै उनीहरू क्वारेन्टाईनमा थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *