अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, बैशाख २९ गते
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमवार अपराह्ण सप्तरीको डाक्नेश्वरी नगरपालिकाका १८ वर्षीय एक पुरुषमा सङ्क्रमित पुष्टि गरेको हो। मन्त्रालयले आज बिहान कपिलवस्तुका थप १० जनामा कोभिड-१९ भेटिएको जनाएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्धारा जारी वक्तव्यमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणअनुसार नयाँ पुष्टि भएको सङ्ख्या १० रहेको उल्लेख छ। उनीहरूको अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।