जुनियर चिकित्सकहरु बिवाद समाधान – डा उदयनारायण सिंह

अनलाईन न्युजपाटी  कृष्णा यादव, बीरगन्ज समाचारदाता जेठ १३ गते

नेपाल चिकित्सक संघ नारायणी शाखा, वीरगंजले एक प्रेस विज्ञप्ती जारी गर्दै जुनियर चिकित्सक बिच सोमबार भएको विवाद समाधान भइसकेको जनाएको छ ।

चिकित्सक संघका सिचव डा. उदय नारायण सिंहले सोमबार सांझ नै प्रेस विज्ञप्ती जारी गर्दै बिश्व व्यापिरुपमा फैलिएको कोरोना महामारीसंग लड्न अग्रपंतिमा व्यस्त रहेको अवस्थामा नेपाल चिकित्सक संघका जुनियर चिकित्सकहरु बिच भएको समान्य विवाद प्रति संघको ध्यानकर्षण भएको जनाइएका छन् । यसका साथै संघले घटना प्रति निकै मर्माहत भएको जनाउदै खेद प्रकट समेत गरेको हुन् ।

सो घटना पुन: दोहोरिन नदिन चिकित्सक संघका केन्द्रिय कमिटीका सह सचिव डा. निरज कुमार सिंह तथा शाखा सचिव डा. उदय नारायण सिंहको संयोजकत्वमा दुबै पक्षलाई मेलमिलाप गराई चित बुझ्दो तरिकाले समस्या समाधान गरिसिकिएकाे जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । सोहि घटनामा चिकित्सक संघ नारायणी शाखाका सचिवको संलग्ना रहेको कुरा गलत भएको समेत जारी विज्ञप्ती मार्फत जानकारी गराइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *