अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, जेठ १३ गते
कोरोना संक्रमणका घटनाहरू संसारभरि करिब ५५ लाखमा पुगेका छन्। जोन्स हपकिन्स विश्वविद्यालयका अनुसार कोविड १९ को महामारीको कारण हालसम्म ३,४६,२०९ व्यक्ति मरेका छन्। विश्वविद्यालय तथ्यांकका अनुसार संक्रमित हुनेहरूको संख्या ५४९३४८२ छन् ।

कोरोना भाइरसले सबैभन्दा बढी प्रभावित देशहरूको सूचीमा अमेरिका सबैभन्दा माथि छ, जहाँ १६.६२,२५० मानिसहरु संक्रमित भएका छन् र ९८,२१८ मानिस मरेका छन्। संक्रमणको अवस्थामा ब्राजिल र रसियाको अवस्था चिन्ताजनक नै छ।