अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, जेठ २४ गते
महोत्तरीको गौशाला, जलेश्वर, मटीहानी, एकडारा, सोनमाबाट ३५ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार एक महिला ३४ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । उनीहरु २२ वर्षकी महिला र ११ बर्षका एक बालक सहित ५५ बर्षका पुरुष छन् ।
सो कुराको जानकारी स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले दिनु भएको हो ।