थप दुई जनाको मृत्यु संगै नेपालमा कोरोनाबाट मृतकको संख्या १३ पुग्यो

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, जेठ २४ गते

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट नेपालमा थप दुई जनाको मृत्यु भएको पुष्टि भएको छ ।

डोल्पाका जगदुल्ला गाँउपालिका-३ का ५८ बर्सिय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको हो । उनि जेठ १८ गते नेपालगञ्ज-सुर्खेत-जुम्ला हुँदै डोल्पा पुगेका थिए । डोल्पामा आरडीटी परीक्षण गर्दा रिर्पोट नेगेटिभ आएपछि होम क्वारेन्टिनमा बस्ने गरी घर पठाइएको जगदुल्ला गाँउपालिकाका अध्यक्ष नारासिं रोकायले जानकारी दिए ।

उनको २० गते निधन भयो । उनी लामो समयदेखि दमको रोगले पीडित थिए । निधनपछि स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठन जुम्लामा पीसीआर परीक्षण गर्दा रिपोट पोजेटिभ आएको पुष्टि भएको  छ।

नगढी ४ बस्ने ५५ बर्सिय महिला वहाँ किड्नीको बिरामी हुनुहुनथियो। सेती अस्पतालमा डायलासिसको क्रममा जेष्ठ २३ गते दिनको १२ बजे वहाको मृत्यु भएको छ।  पी सी आर बिधिबाट कोरोना पोजीटीभ  आएको छ। यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

सो कुराको जानकारी स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले दिनु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *