प्रदेश २ मा थपिए १०७ जना कोरोना संक्रमित

अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता, जेठ ३१ गते।

पछिल्लो २४ घण्टा मा  १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज १ सय १ जना पुरुष र ६ जना महिलामा कोरोना संक्रमित भएका छन् । जसमा कम उमेरका डेढ र तीन वर्षका बालबालिका समेत छन् ।

शनिबार रौतहटमा सबैभन्दा बढी ९० जनामा पुष्टि भएको प्रदेश २ का स्वास्थ्य निर्देशनालयका बरिष्ठ जनस्वास्थ्य अधिकृत विजय झाले जानकारी दिए ।

यस्तै सर्लाहीमा ११ जना, पर्सामा ५ जना र महोत्तरीमा १ जना कोरोना संक्रमित थपिएको जनस्वास्थ्य अधिकृत विजय झाले बताए । प्रदेश २ मा कूल ४ सय ३७ जना उपचारपछि निको भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *