केन्द्र सरकार र प्रदेश सरकारको विरोधमा वीरगंजमा नेबिसंघको प्रर्दशन

अनलाईन न्युजपाटी , कृष्णा यादब,बिरगंज,समाचारदाता, जेठ ३१ गते।

वीरगञ्जको घन्टाघरमा  आज  सरकारको विरोधमा नेबिसंघले गरेको  प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रदर्शनको बारेमा पूर्व सूचना पाएको प्रहरीले घण्टाघर लगायतका क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर प्रदर्शनमा हस्ताक्षेप गरेको हो ।

कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रणका लागि लकडाउनको आव्हान गरेर जनतालाई घरमा थुनेर राखेर विभिन्न तहका सरकारले जन हितमा काम गर्न नसकेको भन्दै भिन्न भिन्न समूहले वीरगञ्जमा शनिबार प्रदर्शनका कार्यक्रम गरेका छुन ।

कम्निष्ट ‘सरकारको असक्षमता’ नारा दिदै वीरगञ्जका युवाहरुले सरकार विरुद्ध प्रदर्शन गरेका छन् । सचेत युवाहरुको समूहले कोरोना संक्रमणको बेला मुलुकमा भइरहेको भ्रष्टाचार, लकडाउनको नाममा जनतालाई घरमा थुनी जबरजस्ती कर लाद्ने कार्यको विरोधमा युवाहरुले वीरगञ्जमा प्रदर्शन गरेका हुन्।

विरोध कार्यक्रमलाई प्रहरीले बिथोल्ने खोजेपछि केही बेर  झडप भएको थियो। झडपमा घाईती नेवि संघ पर्साले वीरगंजको घण्टाघरमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दै ६ जना विद्यार्थी नेताहरुलाई पक्राउ गरेको हो ।

नेवि संघ पर्साका सभापति विकास तिवारी, उप सभापति शेष हजरा, ठारब इकाइ अध्यक्ष मनोज कुमार साह, सह सचिव रमेश यादव, पूर्व प्रदेश सदस्य अभय कर्ण, इकाई सदस्य श्याम गुप्तालाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा राखेको छ ।

सरकार विरुद्धको नेवि संघको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा केही बेर झडप समेत भएको थियो । प्रहरीले बल प्रयोग गर्दा आफुहरु सहित एक दर्जन साथीहरु घाइते भएको प्रहरी नियन्त्रणमा रहेका नेवि संघ पर्साका जिल्ला सदस्य  राहुल गुप्ताले वताए ।

उनका अनुसार नेबिसंघका ठाकुर रामका एकाई अध्यक्ष , मनोज साह ,मनिष यादव, भाेला पटेल, रन्जीत पटेल लगायत एक दर्जन जति घाइते भएका हुन् ।

प्रदर्शनको बारेमा पूर्व सूचना पाएको प्रहरीले घण्टाघर लगायतका क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर प्रदर्शनमा हस्ताक्षेप गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *