कर्णाली प्रदेशमा शनिबार थप ७० जना कोरोना सङ्क्रमित भेटिए

अनलाईन न्युजपाटी ,कर्णाली,समाचारदाता, जेठ ३१ गते।

कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ९१६ पुगेको छ । शनिबार थप ७० जना कोरोना सङ्क्रमित भेटिएसँगै कर्णालीमा सङ्क्रमितको सङ्ख्या ९१६ पुगेको हो ।

सामाजिक विकास मन्त्रालय, जनस्वास्थ्य सेवा महाशाखाका अनुसार प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका ४० र दैलेखका ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *