अनलाईन न्युजपाटी प्रिन्स मिश्र, कपिलवस्तु समाचारदाता जेठ ३२गते
कोरोना भाइरस संक्रमणपछि कपिलवस्तुको कृष्णनगरमा उपचार गराइरहेका २५ जना निको भएका छन । पछिल्लो पटक गरिएको पिसीआर परीक्षणमा कोरोना भाइरस संक्रमण नदेखिएपछि २५ जनालाई डिस्चार्ज गरिएको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले जानकारी दिनुभयो ।
कृष्णनगर नगरपालिका स्थित आयासा गर्ल्स कलेजको आइसोलेशनमा बसेका २५ जनालाई आज दोसल्ला ओढाएर विदा गरिएको नगर प्रमुख शाहले जानकारी दिनुभयो ।
यस संगै कपिलवस्तुमा संक्रमित संख्या ६३४ पुगेको स्वास्थ्य कार्यलय कपिलवस्तुले जानकारी दिएको छ ।