बारा जिल्लाका प्रहरी निरीक्षक श्रेष्ठले एसपिको नाऊमा सिपाही दासलाई आन्तरिक घुम्वा परिचालन गरि तस्करहरु संग पैसा असुल्दै

अनलाईन न्युजपाटी ,कृष्णा यादब,बिरगंज,समाचारदाता, जेठ ३२ गते।

लकडाउनको बेलामा बारा जिल्लाको विभिन्न नाकाबाट  दैनिक लाखौं  रुपैयाको ब्यापक रूपमा द्वयप्रहरीको मिलोमतोमा  तस्करी भईरहेको समाचार प्राप्त भएको छ ।

बारा जिल्लाको  मुद्दा फाटमा कार्यरत रहेका नेपाल प्रहरीका प्रहरी निरीक्षक प्रशान्त श्रेष्ठले एसपी पेगनीको नाऊमा  आफ्नो घुमुवा सुरज दासलाई परिचालन गरि तस्करहरु संग पैसा  असुल्दै गरेको एक जना ब्यापारीले नाम नराख्ने सर्तमा बताएका छन् ।

बारा जिल्लाको मुशवहरा, मटिअर्वा,बसंतपुर,पिपरपाति,क्वोहीगोठी, सिम्रोन्गढ ,गोलागंज,कचौरवा नाकाबाट रातीको समयमा रजंनिगंधा, सुर्ती , पान मसाला , भोला , कपडा , हाडयेवर लगाएतका सामानहरु भारत बाट नेपालमा तस्करहरु भित्राएका छन् भने नेपालबाट मरिच, छोकडा, मोटर ,  लगाएतको समानहरु रातिको समयमा तस्करहरुले भारतमा लैजादै गरेका छन् ।

बारा जिल्लाको मुशवहरा, मटिअर्वा,बसंतपुर,पिपरपाति,क्वोहीगोठी, सिम्रोन्गढ ,गोलागंज,कचौरवा नाका बाट निरीक्षक श्रेष्ठले  चौकी चौकीका ईन्चार्जहरुलाई तस्करीको निर्देशन दिई ईन्चार्जहरु संग सिपाही दासलाई परिचालन गरि पैसा असुली गरिरहेको प्रहरी स्रोतले जनाएका छन्।

बारा जिल्ला प्रहरी कार्यालयमा श्रेष्ठ क्राईम ब्रान्चको ईन्सपेकटर हुदा उनको बदनामी छबिको कारणले क्राईम फार्टबाट हटाई मुद्दा फाटमा राखिएको छ।नेपाल प्रहरीका सिपाही सुरज दास बिगत ४ बर्ष देखि हाकिमहरुको आर्शिबादले बारा जिल्ला प्रहरी कार्यालयमा कार्यरत रहि  क्राईम ब्रान्चको संचारमा कार्य गर्दै आएका छन्। स्रोत अनुसार दासको तस्करहरु संग राम्रो नजिकैको रहेको बुझिएको छ।

नेपाल प्रहरीका प्रहरी निरीक्षक श्रेष्ठले  लकडाउन अवधि सम्म प्रति तस्कर सँग ३००००० देखि ५००००० सम्म रकम लिई  तस्करी गराइरहेको प्रहरी स्रोतले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *