धनुषाको मृतक शम्भु सदाको लासमाथि खेलवाड : समाज सेबि संजय महरा

अनलाईन न्युजपाटी महेश सिंह,  सिरहा समाचारदाता असार ३ गते

धनुषाको सबैला नगरपालिकामा केहि दिन अगाडि ईलाका प्रहरी कार्यालय सबैलामा शम्भु सदालाई हत्या गरि मृत शरिरलाई सौचालयमा झुन्डियाएको आशंका रहेको  अवस्थामा सब फेला परेको छ । सिंगो मधेसका दलितहरू प्रति निन्दनीय घटना र दलितप्रति जघनिन्य अपराध भएको छ । २ नम्बर प्रदेश मा दलित आन्दोलन शसक्त रुपले भई रहेको छ । दलित भएकै कारणले शम्भु सदाको लासमाथि खेलबाड भएको समाज सेबि संजय महराको आरोप रहेको छ  महरा दलित जागरण केन्द्र नेपाल गोलबजारको सचिब समेत रहनु भएको हो ।

 असार २ गते  राज्यका निकाय जिल्ला प्रशासन कार्यालय धनुषामा भएको हत्याको सम्झौताले सिंगो दलित आन्दोलन लाई र मृतक परिवारलाई धोखेवाज भएको छ । ३ तीन बुंदे सम्झौतामा नत हत्यारालाई कारवाहि हुने सुनिश्चित छ र ने.क.पा. को सरकार र प्रदेश नम्बर २ को सरकारसंग विश्वत हुने खाले आधार नत शम्भु सदाको आत्माको चिरशान्ति पाउनेछ । केही जनालाई शम्भु सदाको लासमाथि टेकेर दलित नेता भनाउने र आन्दोलनको ब्यक्तीगत लाभहुने तिर लागेको ३ बुंदे सम्झौता ले प्रस्ट पारेको देखिन्छ । दलित आन्दोलन जारी छ शम्भु सदाले न्याय नपाए सम्म सिरहालगायत जिल्लाहरूमा आन्दोलन उग्ररूप लिन्छ दलित अगुवाहरुले  सरकारलाई चेतावनी दिएको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *