अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, असार ३ गते
गण्डकी प्रदेशमा २१ संक्रमित थपिएका छन् । आज भेटिएका संक्रमितमा नवलपुरका १८ र पर्वतका ३ रहेका छन् । स्वास्थ्य निर्देशनालयले का अनुसार नवलपुरको हुप्सेकोट गाउँपालिकामा १४ संक्रमित थपिएका छन् । हुप्सेकोटका १८ देखि ३६ वर्ष उमेर समुहका र मध्युविन्दु नगरपालिकाका १६ र ३० वर्ष उमेर समुहका २ पुरुष रहेका छन् ।

यस्तै, कावासोती नगरपालिकाका एक जना ३७ वर्षीय पुरुषमा र पालिका नखुलेको २७ वर्षिय एक पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । पर्वतको फलेवास नगरपालिकाका २ जना १९ र २१ वर्षीय दुई पुरुष र ४६ वर्षिय एक महिलामा समेत गरि पर्वतमा ३ जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या २४७ पुगेको छ ।