नेपाली काङ्ग्रेस बाराद्धारा सरकार असफलको बिरोधमा सिडिओ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र: सभापति चौरसिया

अनलाईन न्युजपाटी कृष्णा यादव, बीरगन्ज समाचारदाता असार ३ गते

नेपाली कांग्रेस बाराले माग राख्दै बाराका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको छ। नेपाली कांग्रेस बारा द्धारा मंगलबार आयोजन गरिएको बिरोध प्रदर्शन पाटी कार्यालय कलैयाबाट सुरु भै जिल्ला प्रशासन कार्यालय पुगि विभिन्न नाराबाजी गर्ने प्रजिअ मार्फत जानपन पत्र बुझाएको छ। लकडाउन भएको ८४ औ दिन सम्म पनि आम नागरिकहरुलाई संत्राम बढ्दै जानु जनशक्ति र स्वास्थ्य सामाग्रीहरुको अपर्याप्तता पिसिआर देखिएको छ।

१० अर्ब रुपैया खर्च भएको दाबी गर्ने सरकारले क्वारेन्टाइनमा बस्नेहरुका लागि सामान्य व्यवस्था पनि गर्न नसकेको भन्दै शान्तिपूर्ण प्रदर्शनमा उत्रिएको बाराका सभापति जय चन्द्र चौरसियाले बताउनुभयो। नेपाली कांग्रेसकी बाराका सभापति जय चन्द्र चौरसिया कलैया उपमहानगरपालिका नगर प्रमुख राजेश राय यादव, विश्रामपुर गाँउपालिका अध्यक्ष अमिरिला पाल, पार्टि सचिब मनोज भट्ट, क्षेत्र न. ४. क्षेत्रिय सभापति सुनिल गुप्ता, नेताहरु लाल बाबु सिंह, जगदिश साह, शोभाकार पराजुली, लालबाबु यादव, तरुण दल बाराका अध्यक्ष लोकेश सिंह र लगायत नेपाल ट्रेड यूनियन कांग्रेस सह-सचिब प्रमोद सिंहको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *