एसपि पन्त र क्राइम टोलिको यादब सक्रियातामा अवैध लागू औषध र छोकडा ट्याक्टर सहित दुई जना पक्राउ

अनलाईन न्युजपाटी,संजु छतकुलि,बिरगंज,समाचारदाता, असार ४ गते।

पर्सा प्रहरीले बुधवार विहान पर्सा  जिल्लाको विभिन्न नाकाबाट नेपालबाट भारततर्फ अबैध रुपमा  छोकडा , मरीच, मोटर  लैजादै गरेको अवस्थामा लैजादे गरेको अवस्थामा  ट्याक्टर सहित एकजनालाई  नियन्त्रणमा लिएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तले बताउनु भएको छ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट  खटिएको प्रहरीको टोलीले बुधबार  क्वोरेक्स १६ बोटल सहित वडा नम्बर ३ छपकैया बस्ने अमन शेखलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक पन्तले बताउनुभयो।

पर्सा प्रहरीले नियन्त्रणमा रहेको छोकडा , मरीच  , मोटर , ज्वानोको बजार मुल्य करिब  ७,८८,३५० लाख रुपैया बराबर  रहेको  पर्सा प्रहरी उपरीक्षक पन्तले बताउनु भएको छ। पर्सा प्रहरीले नियन्त्रणमा लिएको ट्याक्टर ना ३ त ७०० नम्बरको  उक्त  ट्याक्टर चालक वीरगंज १६  ईनार्वा  निवासी बर्ष ३६ को बिरेन्द्र पटेललाई पक्राउ गरेका छन् ।

प्रहरीले नेपालबाट अबैध रुपमा बरामद गरेको उक्त छोकडा पर्सा जिल्लाको विभिन्न नाकाको  दशगजा क्षेत्र नजिकैबाट बरामद गरेको थियो । पर्सा प्रहरी क्राईम ब्रान्चका प्रहरी निरीक्षक रबिभुषण यादबले क्राईम ब्रान्चको जिम्मा पाएपछि दिन रात आफै खटेर सिमानाका हुने क्राईम शुन्य भएको छ भने पटक पटक  तस्करीको समान नियन्त्रणमा लिएपछि तस्करहरु त्रास रहेको स्थानियहरुले बताउछन् ।

पर्सा प्रहरीले बिशेष सूचनाको आधारमा सो छोकडा, मोटर , केराउ, ज्वानो  नियन्त्रणमा लिए पछी तस्करहरुले छोकडा छोडेर फरार भएको बारा प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाराले बरामद गरेको छोकडालाई आजै आवश्यक कारवाहीको लागी वीरगंज भन्सार कार्यालयमा पठाइएको पर्सा प्रहरी उपरीक्षक गंगा पन्तले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *