कैलालीमा जीपको ठक्करबाट एकजनाको मृत्यु

अनलाईन न्युजपाटी,कैलाली, समाचारदाता, असार ४ गते।

कैलालीमा जीपको ठक्करबाट ज्यान गुमाएका केदारेश्वर बोर्डिङ स्कुलका प्रिन्सिपलको अझै शव उठाईएको छैन्। जिल्लाको गोदावरी नगरपालिका वडा नम्वर ६ लालपुरमा जीप र मोटरसाईकल ठोक्किदा मोटरसाईकल चालक समेत रहेका जोशीपुर गाउँपालिकाका ३२ बर्षीय गम्भीर कुडकेनीको मृत्यु भएकोमा उनको अझै शव नउठाईएको हो।

ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरिक्षक ज्ञानवहादुर विष्टले पीडित पक्ष र गाडी मालिकबीच सहमती नभएपछि शव उठाउन नसकिएको बताए। उनले अहिले विहान फेरी छलफल भईरहेको जानकारी दिए। 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले दोषीलाई कारवही र क्षतीपूर्तिको माग गर्दै लालपुरमा राजमार्ग पनि अवरुद्ध पारिएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *