सशस्त्र प्रहरी बल बिओपी अलौले करिव १ लाख भारु नोट सहित १ जनालाई पक्राउ गरेयो

अनलाईन न्युजपाटी संजु छतकुलि वीरगंज समाचारदाता, असार १६ गते

सशस्त्र प्रहरी बल बिओपी अलौले स्रोत नखुलेको ९१ हजार भारतिय नोट सहित एक जनालाई नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बल बिओपीका सशस्त्र प्रहरी नायब निरीक्षक  रामशरण पुडासैनीको नित्तृत्वमा रहेको टोलीले  अलौ भन्सारमा चेकजाँच गर्नै क्रममा  झोला भित्रबाट ९१ हजार भारतिय नोट सहित ना १५ प५८३८ नम्बरको हुणडा साईन मोटरसाईकल  सहित एक जनालाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल बिओपीका   प्रमुख प्रहरी निरीक्षक रबि थापाले बताउनुभयो।

पक्राउपर्नेमा पोखरीया नगरपालिका वडा न २ लमरिया निवासी बर्ष २८को मनोज यादब रहेको सशस्त्र  प्रहरीले जनाएको छ । पक्राउ परेका भारु रकम , मोटरसाइकल , सहित यादबलाई  आवश्यक कारबाहीको लागि राजशव अनुशन्धान कार्यालय पथलैयामा   बुझाइएको सशस्त्र प्रहरी निरीक्षक रबि थापाले बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *