गण्डकी प्रदेशमा फेरी थपिए १७ जना कोरोना संक्रमित

अनलाईन न्युजपाटी ,पोखरा,समाचारदाता, असार १६ गते।

गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँको ब्यासमा तीन पुरुष र दुई महिला गरी पाँचजनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै स्याङ्जाको पुतलीबजारमा एक पुरुष, लमजुङको बेशीसहर, मर्स्याङ्दी, मध्यनेपालमा एक, एकजना महिला र मादीमा एकजना पुरुष एवं कास्कीको पोखरा महानगरपालिकामा ६ पुरुष र एक महिला संक्रमित फेला परेका हुन् ।

प्रदेश निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार प्रदेश क्षयरोग केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको नमूना परीक्षणमा उनीहरूको कोभिड् १९ नतिजा पोजिटिभ देखिएको हो ।

आज थप भएकासहित गण्डकीमा कोरोनाका कूल संक्रमित ९६६ जना पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *