गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

अनलाईन न्युजपाटी,पोखरा,समाचारदाता, असार २२ गते।

गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले एक विज्ञप्तिमार्फत थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा लमजुङका ११ जना कास्कीका एकजना र बागलुङका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ थपिएका सङ्क्रमितहरू दुईजना महिला र १५ जना पुरुष छन् ।

१७ जना नयाँ संक्रमित थपिएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १११३ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *