भारतको उडिसामा सुरक्षा कारबाहीमा चार माओवादी लडाकू मारिए

अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदाता, असार २२ गते।

भारतको उडिसाको कान्धामल जिल्लामा भारतमा सशस्त्र विद्रोह गरिरहेका चारजना माओवादी लडाकूको सरक्षा कारबाहीमा ज्यान गएको बताइएको छ। भारतीय सुरक्षा बलका सदस्यहरुसँग भएको दोहोरो भिडन्तमा परी ती माओवादी लडाकू मारिएको उडिसा राज्यका प्रमुख सचिव अजित त्रिपाठीले जानकरी दिए।

उनले त्यस क्रममा सफल रुपमा माओवादी विरुद्धमा कारबाही गर्न सकेको र सुरक्षाकर्मीतर्फ कुनै क्षति नभएको भन्दै सुरक्षा अधिकारी तथा सुरक्षा गस्तीमा रहेका सुरक्षाकर्मीहरुलाई बधाई पनि दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *