७ जनामा कोरोना देखिएपछि गंगालाल हृदय केन्द्रको ओपडी सेवा बन्द

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, असार २३ गते।

शहीद गंगालाल हृदय केन्द्र बाँसबारीमा उपचारारत ७ जना विरामीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि ओपिडी सेवा अनिश्चितकाललाई बन्द गरिएको छ ।

सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले मंगलबारदेखि अर्को व्यवस्था नभएसम्मका लागि आकस्मिक सेवा बाहेकका सेवाहरु बन्द गर्ने भएको छ ।

केन्द्रले सोमबार विज्ञप्ति निकाल्दै कोभिड संक्रमण महामारीको रुप लिइरहेको र अस्पतालमा भर्ना भएका बिरामीहरुमा पनि कोभिड पोजिटिभ देखिएकाले सेवा बन्द गर्नु परेको जनाएको छ ।

अस्पताल प्रशासनका अनुसार ओपडी सेवा बन्द गरिए पनि आकस्मिक सेवा भने जारी राखिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *