अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, असार २३ गते।
आज पीसीआर विधिबाट गरिएको पछिल्लो परीक्षणमा थप ७४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
नेपालमा सङ्क्रमित सङ्ख्या १६१६८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमलले जानकारी दिनुभयो ।
आज ६८४ जना निको भएर डिस्चार्ज हुनुभएको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।