गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमणको पुष्टि

अनलाईन न्युजपाटी पोखरा,समाचारदाता, असार २५  गते।

गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, क्षयरोग उपचार केन्द्र, जनस्वास्थ्य प्रयोगशाला हैटौंडा र भरतपुर अस्पतालमा भएको परीक्षणबाट थप २० जनामा कोरोना पुष्टि भएको हो ।

तनहुँ १, म्याग्दी २, बाग्लुङ २, नवलपरासी पूर्व ४, लमजुङ ५, गोरखा २ र कास्कीका ४ जना रहेका छन्।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को सबै व्यक्तिहरुलाई आईसोलेसन कक्षमा राखिसकिएको र अन्य जिल्लाका सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ। गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११४९ पुगेको छ।

यसैगरी गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट निको हुनेको संख्या ३८६ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *