अनलाईन न्युजपाटी एजेन्सी ,समाचारदाता, असार २५ गते।
कानपुरमा आठ प्रहरीको हत्याका मुख्य आरोपी विकास दुबेलाई मध्य प्रदेशको उज्जैनबाट पक्राउ गरिएको छ।
मध्यप्रदेशका गृहमन्त्री नरोत्तम मिश्रले विकास दुबेको गिरफ्तारीको पुष्टि गरिसकेका छन तर थप जानकारी दिन अस्वीकार गरेका छन्।

नरोत्तम मिश्राले विकास दुबेको पक्राउलाई मध्य प्रदेश पुलिसको ठूलो सफलता बताएको छ। उनले भने कि विकास दुबे अहिले पनि मध्य प्रदेश पुलिसको हिरासतमा छन्।
मध्य प्रदेशका मुख्यमंत्री शिवराज सिंह चौहानले पनि विकास दुबेलाई पक्राउ गरेकोमा मध्यप्रदेश पुलिसलाई बधाई दिएका छन् ।

उनले ट्वीट गरेका छन्, “जो महाकालको शरणमा जान्छन् उनीहरूको पाप धोईनेछ। उनीहरू महाकाललाई चिन्दैनन्। हाम्रो सरकारले कुनै अपराधीलाई छोड्ने छैन।”