झापा बाट ७५ हजार रुपैयाँ बराबरको नक्कली भारतीय रुपैयाँ बरामद

अनलाईन न्युजपाटी झापा,समाचारदाता, असार २८ गते।

झापामा ७५ हजार रुपैयाँ बराबरको नक्कली भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ परेका मध्ये एक जना कनकाई नगरपालिका–३, सुरुङ्गाका सुन व्यवसायी मौसम श्रेष्ठ हुन् । अर्का व्यक्तिको परिचय भने प्रहरीले खुलाइसकेको छैन । पाँच सय भारुका नोटसहित उनीहरूलाइ पक्राउ गरिएको हो ।बरामद नोटमध्ये तीन वटा नोटसम्ममा एउटै नम्बर भेटिएको छ ।

झापाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाका अनुसार पक्राउ परेका दुवै जनालाई खोटाचलन सम्बन्धी कसूरमा म्याद थप गरेर विस्तृत अनुसन्धान गर्ने तयारी भइरहेको छ ।

पक्राउ परेका अर्का व्यक्तिले बयानमा डेढ लाख रुपैयाँ नक्कली नोट रहेको खुलाएका छन‍‍ । बरामद भए बाहेकको रकम खर्च भइसकेको हुनसक्ने एक अनुसन्धान अधिकृतले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *