अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, साउन १५ गते
आज थप गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज बिहान सार्वजनिक गरको तथ्यांक अनुसार स्याङ्जाका ११ जना बाग्लुङका ६ जना, तनहुँका ३, कास्कीका १४ जना लमजुङका ३ जना र नवलपरासी पूर्वका १ जनामा संक्रमण पुष्टि भएको छ।
नयाँ संक्रमितहरुलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा ल्याउने तयारी भइरहेको निर्देशनालयले जनाएको छ। गण्डकीका मनाङ र मुस्ताङबाहेक सबै जिल्लामा कोरोना भाइरस देखिएको छ ।