अनलाईन न्युजपाटी बिराटनगर, समाचारदाता, साउन १५ गते
इलाका प्रहरी कार्यालय अनारमनीले लागू औषध ब्राउन सुगरसहित बुधबार ५ जनालाई पक्राउ गरेको छ । प्रहरीले बिषेश सुचनाको आधारमा झापाको दुई स्थानबाट लागूऔषध ब्राउन सुगरसहित त्यसको कारोबारमा संलग्न ५ जनालाई पक्राउ गरेको हो ।
इप्रका अनारमनीका डिएसपी मुकुन्द रिजालका अनुसार कनकाई नगरपालिका–४ इलुवाबारीबाट सोही स्थानमा घर भएका सञ्जय पोखरेल, सोही नगरपालिकाको वडा नम्बर ५ मा घर भएका जीवन तिखत्री, पंकज उप्रेती, वडा नम्बर ३ का फियाज हुसेनलाई पक्राउ गरिएको छ । डिएसपी रिजालले उनीहरुको साथबाट १२ ग्राम ब्राउनसुगर फेला परेकोे जानकारी दिए ।