अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, साउन १७ गते
रुरुक्षेत्र गाउँपालिका वडा नं ५ आटिपाटामा पहिरो जाँदा एकै घरका ४ जनाको मृत्यु भएको छ। गुल्मीको रुरुक्षेत्र गाउँपालिका –५ टाहाटिम आटीपाटामा घरमाथिबाट खसेको ढुंगाले च्यापेर शुक्रबार साँझ एकै परिवारका चार जनाको मृत्यु भएको छ ।
घटनामा ३० वर्षीया बिना बोटेमाझी, उनका छोराहरु नौ वर्षका सागर, सात वर्षका हेमन्त र १० महिनाकी छोरी बिनिताको घटनास्थलमै मृत्यु भएको वडा अध्यक्ष हरिप्रसाद ज्ञवालीले जानकारी दिए ।
उनीहरुको पाँच जनाको परिवार रहेकोमा एक जना भने रोजगारीको सिलसिलामा भारतमा रहेको बताइएको छ ।
मृतकको शव राति नै स्थानीय र प्रहरीले बाहिर निकालेका थिए ।