अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, साउन २१ गते
कोरोनाभाइरसको संक्रमणका कारण नेपालमा थप दुई जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ ।
पर्सा जिल्ला पोखरिया नगरपालिका–९ घर भएकी १८ बर्षकी युवतीको मृत्यु भएको छ । झाडा पखालाका कारण सिकिस्त भई उपचारको क्रममा उनको मृत्यु भएको छ।
अर्का वीरगञ्ज महानगरपालिका वडा न ५ भिस्वा बस्ने ४६ बर्षका पुरुषको मृत्यु भएको छ। उनी मधुमेह रोगबाट पहिलेदेखि नै ग्रसित थिए । मृतक दुवै जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पर्सामा दुई जनाको कोरोनाका कारण मृत्यु भएको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।