अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, साउन २९ गते
बुटवल उपमहानगरपालिकाले बिहीबार रातीदेखि भदौं ५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ । कोरोना संक्रमितको संख्या दैनिक बृद्धि भएपछि उपमहानगरपालिकाले सो निर्णय गरेको हो । उपमहानगरको कोभिड–१९ संकट व्यवस्थापन समितिको आज बसेको बैठकले विहिबार राती ११.४५ देखि आगामी भदौ ५ गते राती ११.४५ सम्म लकडाउन गर्ने निर्णय गरेको हो ।

लकडाउन अवधिमा स्वाथ्य क्षेत्र, खाद्यान्न, दुग्ध तथा तरकारी ढुवानी जस्ता अत्यावश्यकीय सेवा सञ्चालनमा आउन दिइने छ भने बुटवल हुँदै चल्ने लामो दुरीका सवारीका साधनलाई बुटवलमा यात्रु ओराल्न नपाउने गरी सञ्चालन गर्न दिइने वैठकले निर्णय गरेको छ ।
लकडाउन अवधिमा सार्वजनिक, निजी तथा सरकारी सवारीका साधन समेत अत्यावश्यक काममा बाहेक सञ्चालन गर्न पाइने छैन ।