भारतमा एकै दिनमा थपिए ६७ हजार भन्दा बढी संक्रमित

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, साउन २९ गते

भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ भने संक्रमितको संख्या पनि दिनानुदिन बढिरहेको छ । पछिल्लो समय भारतमा हरेक दिन ६० हजारको दरमा कोरोना संक्रमित फेला पर्न थालेका छन् । 

वल्डोमिर्टस तथ्यांकका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६७ हजार ६६ कोरोनाभाइरसको संक्रमण देखिएको छ । यससँगै भारतमा कोरोना संक्रमितको कुल संख्या २३ लाख ९५ हजार ४ सय ७१ पुगेको छ । 

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा ९ सय ५० जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४७  हजार १ सय ३८ पुगेको छ । 

त्यस्तै हालसम्म १६ लाख ९५ हजार ८ सय ६० कोरोना संक्रमित उपचारपछि निको भई घर फर्किसकेका छन् । भारतको महाराष्ट्र राज्य, तमिल नाडु, मुम्बइ, गुजरात लगायतमा सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *