नेपालमा थप चार जनाको कोरोना भाइरसबाट मृत्यु भएको पुष्टि

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, साउन २९ गते

नेपालमा पछिल्लो २४ घण्टायता थप चार जनाले कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारको ब्रिफिङका क्रममा थप चार जनाको कोरोनाबाट ज्यान गएको पुष्टि गरेको हो ।

मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार महोत्तरी जिल्ला मटिहानी नगरपालिका वडा न ६  बस्ने ४५ बर्षीय पुरुष को निधन भएको छ। निज क्षय रोग तथा मधुमेह रोग बाट ग्रसित थिए।

धनुषा जिल्ला मिथिला नगरपालिका वडा न ७ ढल्केवर बस्ने ८५  बर्षीय महिलाको निधन भएको छ। अछाम जिल्ला रामा रोशन नगरपालिका वडा न ५ बस्ने १८ बर्षीय पुरुषको निधन भएको छ।

मोरंग जिल्ला बिराटनगर महा-नगरपालिका वडा न ३ बस्ने ५७ बर्षीय पुरुषको निधन भएको छ। यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेहरूको संख्या ९५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *