रौतहटमा प्रतिबन्धित लागु औषधसहित तीन जना पक्राउ

अनलाईन न्युजपाटी,रौतहट,समाचारदाता, साउन २९ गते

रौतहट प्रहरीले प्रतिबन्धित लागु औषध ओनरेक्स सहित तीन जना लाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको प्रहरी टोलीले चेकजाच गर्ने क्रममा तनहुँ दुलेगौडा नगरपालिका– ४ निवासी २८ वर्षीय महम्मद मुर्तुजा, कास्की पोखरा महानगरपालिकाका– ३१ निबासी ३९ वर्षीय राम बहादुर रानाभाट र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सुनौलका लालुदिन मिया (खान) लाई कोकाकोलाको बोतल भित्र प्रतिबन्धित लागु औषध ओनरेक्स र चार वटा बोतल सहित पक्राउ गरेको छ ।

निषेधाज्ञा अवधिमा पोखराबाट ईटहरी जाँदै गरेको ग २ च ३९७५ नम्बरको कारमा कोकाकोलाको बोतलभित्र लागुऔषध लुकाएर लगिरहेको अवस्थामा चन्द्रनिगाहपुरमा गरिएको चेकजाँचको क्रममा  उनीहरु  पक्राउ परेको डिएसपी शाहीले जानकारी दिए । 

पक्राउ परेका तीनै जनालाई लागु औषध ऐन अनुसार मुद्दा दर्ता गरी अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक शाहीले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *