नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप छौ जनाको मृत्यु कुल संख्या १२६

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ ४ गते

विगत २४ घण्टामा नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप छौ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ब्रिफिङ क्रममा थप छौ जनाको कोरोनाबाट ज्यान गएको पुष्टि गरेको हो ।

मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले काठमाडौँ बाट एक महिला,  मकवानपुरबाट एक पुरुष  सप्तरीबाट एक पुरुष  र पर्साबाट एक महिला र दुई पुरुष कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गएको जानकारी दिए ।

ससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेहरूको संख्या १२६ पुगेको छ । मृत्यु हुनेमा ९५ पुरुष र ३१ महिला रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *