राष्ट्रिय पर्वका रुपमा आज संविधान दिवस मनाइँदै

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज ३ गते

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको आज पाँच वर्ष पूरा भएको छ । वि.सं.२०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा विविध कार्यक्रम गरेर आज देशभर संविधान दिवस मनाइँदैछ ।

वि।सं। २०७२ असोज ३ गते संविधान सभाको बैठकमा तत्कालीन राष्ट्रपति डा। रामवरण यादवले नेपाली जनतासमक्ष संविधान घोषणा गर्नुभएको थियो । सरकारले आज संविधान दिवसको अवसरमा टुंडिखेलमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।

सरकारले विशेष कार्यक्रम गरी संविधान दिवस मनाइरहँदा असन्तुष्ट पक्षले असोज ३ अर्थात् आजको दिनलाई ‘कालो दिन’का रूपमा स्मरण गर्दै छ । असन्तुष्ट पक्षले संविधान जारी हुँदा ‘ब्ल्याक आउट’ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *