अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, असोज ३ गते
यस संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट आजदेखि यूएईमा सुरु हुँदै छ ।
भारतमा कोरोना महामारीका कारण प्रतियोगिता आयोजना गर्न सम्भव नभएपछि यस संस्करणको आइपिएल केही ढिलागरी भएपनि यूएईमा खेलाइने तय भएको थियो ।
आज हुने उद्घाटन खेलमा गत सिजनको साबिक विजेता मुम्बई इण्डियन्स र चेन्नई सुपर किङग्स खेल्दै छन् । खेल नेपाली समय अनुसार साँझ ७ बजेर ४५ मिनेटमा सुरु हुने छ ।
गत संस्करणको फाइनलमा यी दुवै टोली खेलेका थिए जसमा मुम्बईले एक रनको रोमाञ्चक जीत हात पार्दै चौथोपटक उपाधि उचाल्न सफल भएको थियो ।
मुम्बई आइपिएल इतिहासमा सबै भन्दा धेरै उपाधि हात पार्ने टिम हो । मुम्बईले आइपिएलमा अहिले सम्म ५ पटक फाईन खेलेको छ । जसमा ४ पटक उपाधि हात पारेको छ भने यता चेन्नईको पनि आइपिएल इतिहास राम्रै छ । चेन्नईले पनि तीन पटक आईपिएल उपाधि जितेको छ भने ८ पटक फाईनल खेलेको छ ।