उदयपुरबाट तीन लागूऔषध कारोबारी प्रहरीको नियन्त्रणमा

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज ३ गते

उदयपुरबाट लागूऔषध सहित शुक्रबार तीन जना पक्राउ परेको छ । त्रियुगा नगरपालिका ४ बगहा फर्सेट खोलाको बाँधबाट दुई जना र चौदण्डीगढी नगरपालिका ४ शनिबारे बजारबाट एक जना पक्राउ परेको छ ।

त्रियुगा नगरपालिका १२ बस्ने वर्ष ३० को सुमन कुमर र सोही वडा बस्ने वर्ष १५ को राजुराम भगत रहेका छन् । सशस्त्र प्रहरी बल नेपाल नं. ५ गण त्रियुगा उदयपुरबाट गस्ती पेट्रोलिङ्ग गएको समयमा बा.७५ प २२१६ नम्बरको मोटर साइकल शंका लागि आवश्यक चेक जाँच गर्दा लागू औषध सहित उनीहरुलाई पक्राउ गरेको सशस्त्र प्रहरी उपरीक्षक प्रमुख सुधिर सुवेदीले जानकारी दिए । उनका अनुसार लागूऔषध फेरागन २ एम्पुल, नुरफिन २ एम्पुल, डाइजिल्याब २ एम्पुल, नाइट्रोजिपाम ६७ ट्याब्लेट सहित पक्राउ परेको बताए ।

यस्तै उनीहरुको साथबाट विभिन्न बैंकका एटिएम ३ थान, मोवाइल १ थान, सवारी चालक अनुमति पत्र १ थान, नगद ८ हजार ६ सय १० रुपैया सहित पक्राउ परेको सशस्त्र प्रहरी प्रमुख सुवेदीले बताए । पक्राउ परेको दुवैलाई आवश्यक कानूनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा बुझाएको सुवेदीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *