पेट्रोलियम पदार्थ बोकेको ट्यांकर शनिबार राति त्रिशुली नदीमा खस्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज ४ गते

पृथ्वीराजमार्गको धादिङ आदमघाट खण्डमा पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनाग्रस्त बनेको छ । गुडिरहेको ट्यांकर त्रिशुलीमा खस्दा केहीबेर पानीमै आगो बलेको स्थानीय प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।

आइतबार बिहान तीन बजे आसपास नदीमा खसेको अनुमान गरिएको छ । आइतबार बिहानसम्म पनि पानीमा आगो बलेपछि स्थानीय दुर्घटना स्थल नजिक पुगेका थिए।

गजुरी ट्राफिक प्रहरी प्रमुख नेत्र भट्टका अनुसार घटना तीन बजेतिर भएको र त्यही बेलादेखि नदीको बीच भागमा भएको ट्यांकरमा आगो बलिरहेको जानकारी दिए ।

‘यो ट्यांकर हो भन्ने चाहिँ पक्का भए पनि यसले हवाई इन्धन, डिजेल, पेट्रोल के ल्याएको थियो र कति नम्बरको सवारी हो भन्ने खुलेको छैन,’ उनले भने ।

ट्यांकरको नम्बर खुल्न नसकेको र त्यसमा रहेका चालक, सह–चालकको अवस्थासमेत अवस्था थाहा नभएको प्रहरीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *