अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज ४ गते
लेटाङ नगरपालिका स्थित ९ नम्बर वडाको फेसबुक चोक नजिक एक घरमा आगलागी भएको छ ।
शनिबार स्थानीय २९ वर्षीय दिनेश राईको दुई तले काठको घरमा भएको आगलागी हुँदा ५० लाख बराबरको क्षति भएको हो ।
आगलागीमा घर भित्र रहेको अनाज, लत्ताकपडा, कागजपत्र, सुन चादि तथा भाडार्वतन सहित घर पूर्ण जल्दा करिब ५० लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।
विद्युत सट भई भएको आगलागी स्थानिय, दमकल तथा अस्थाइ प्रहरी चौकी जातेबाट खटिएका ५ र इप्रका लेटङबाट खटिएका ११ प्रहरीको टोलिले करीब १ घण्टापछि नियन्त्रणमा लिइएको थियो ।