अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, असोज ४ गते
आईपीएलमा चेन्नई सुपर किङ्सले विजयी सुरुवात गरेको छ । हिजो राति भएको उद्घाटन खेलमा चेन्नईले मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गरेको छ ।
मुम्बइले दिएको १६३ रनको लक्ष्य पछ्याएको चेन्नाईले १९.२ ओभरमा ५ विकेटको क्षतिमा १६६ रन बनाउँदै जित हासिल गर्यो ।
चेन्नईको जितमा अम्बाती रायडुले ७१ र फाप डु प्लेसीले अविजित ५८ रन बनाए । मुम्बईका लागि राहुल चहर, क्रुनाल पाण्डेय, जसप्रित बुमराह, जेम्स प्याटिन्सन र ट्रेन्ट बोल्टले समान एक/एक विकेट लिए ।
यस्तै रबिन्द्र जडेजा र दिपक चाहरले २/२ विकेट लिए । साम करण र पियुस चावालाको नाममा १/१ विकेट रह्यो । प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा आज देल्ली क्यापिटल्स र किङ्स इलेभेन पञ्जाव भिड्नेछन् ।